दक्ष चिकित्सकको अभावमा गौर अस्पतालमा आईसियु र भेनिटलेटर सेवा संचालन नहुँदा विरामीहरु बाहिरी जिल्लामा रेफर हुन बाध्य

   २० जेष्ठ २०७८, बिहीबार १३:१३  

तराई टप संवाददाता
रौतहट, २० जेठ । रौतहट सदरमुकाम गौर स्थित सरकारी अस्पतालमा दक्ष जनशक्तिको अभावमा आईसीयू र भेन्टिलेटर सेवा संचालनमा नआउदा सो सेवा लिनबाट वंचित भएका जिल्लाबासीहरु बाहिर जिल्ला जानुपर्ने बाध्य भएका छन् ।
तिन बर्ष अघि ५० सैयामा रुपान्तरित भएको गौर अस्पतालमा आवश्यक दक्ष जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउन नसक्सदा यहाँका विरामीहरु बाहिरी जिल्लामा उपचार गराउन जान बाध्य भएका हुन् ।
गौर अस्पतालमा रहेको १० बेडको आईसीयू, १५ वेडको एचडियु र ४ वेडको भेन्टिलेटर मेसिन अस्पतालको एउटा कोठामा थन्किएका छन्  । जिल्लामा कोरोना संक्रमितको स्वास्थ्य अवस्था जटिल हुँदा पनि उनीहरुलाई बाहिरी जिल्लामा उपचार गर्न रेफर गर्न थालिएको छ ।
अस्पतालमा ९ जना चिकित्सकको दरबन्दी रहेकामा हाल एक जना मात्र कार्यरत रहेका कारण आईसीयू, एचडियु र भेन्टिलेटर सेवा संचालनमा आउन नसकेको अस्पतालको मेडिकल सुप्रिडेन्ट कृष्णा साहले बताए । कायम दरबन्दी अनुसार दक्ष चिकित्सकहरु भइदिएको आईसीयू र भेन्टिलेटर सेवा सञ्चालनमा आउने थिए तर त्यसो नभएको उनले गुनासो गरे ।
“पटक पटक प्रदेश सरकार र संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दक्ष चिकित्सक पठाइदिनुस् भनेर पत्राचार गरेर हारगुहार गर्दा पनि मन्त्रालयबाट कुनै सुनुवाइ भएन,” उनले भने, “कोभिडको महामारीका बेला बिरामी गम्भीर बनेपछि बाहिर रेफर गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।”
मेडिकल सुप्रिडेन्ट डा. साहका अनुसार प्रदेश सरकारलाई मेडिकल अफिसर, पारामेडिक्स लगायतका ४० कर्मचारी माग गर्दा २३ जना मात्र थप गर्न सहमति दिएको गुनासो गरे ।
गौर अस्पतालमा उपलब्ध रहेका ति सेवासुविधाहरु दक्ष चिकित्सकको अभावमा प्रयोग हुन नसक्नु विडम्बना रहेको तथा अस्पतालमा अक्सिजन बाहेक अन्य कुनै उपचार नपाउँदा कोभिडको सिकिस्त बिरामी अनाहकमाले ज्यान गुमाउनु परेको आरोप स्थानीय बासिन्दाहरुले लगाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै