64
Shares
चितवन, ११ वैशाख । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मतगणना सोमबार दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति भएको छ ।
आज बिहान बसेको सर्वदलीय बैठकमा सहमति भएको मतगणना उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुनेछ ।
चितवन क्षेत्र नं. २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
मतगणना स्थलमै बसेको सर्वदलीय बैठकमा रास्वपा उम्मेदवार लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्ने नेपाली कांग्रेसको उजुरीबारे केन्द्रमा लेखेर पठाउने भएको हो ।
सामाजिक सन्जालमा जथाभावी लेख्नेहरु माथि कारबाहीको लागि प्रहरी र प्रमुख जिल्ला अधिकारीको भूमिकाका बारे मुख्य निर्वाचन अधिकृतले आवश्यक निर्णय लिने सहमति समेत भएका छन् । श्रेष्ठले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन