खाल्डोमा डुवेर १० बर्षिय बालकको मृत्यु

   २० जेष्ठ २०७८, बिहीबार १४:१०  

सर्लाही, २० जेठ । इँटा उद्योगको खाल्डोमा जमेको पानीमा डुवेर सर्लाहीमा एक बालकको मृत्यु भएको छ ।
सर्लाहीको कविलासी नगरपालिका ५ रनिया बस्ने मनोज मण्डलका १० वर्षीय छोरा रजनिश मण्डलको इँटा उद्योगमा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव विहिवार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
कविलासी नपा ७ स्थित लालबाबु राय यादवको इँटा उद्योगमा रहेको खाल्डोमा डुबेर बालकको ज्यान गएको सर्लाही प्रहरीका प्रबक्ता एवं डिसपी मदन कुँवरले बताए । बुधबार साँझ तिर बाख्रा चराउन गएको बेला इँटा उद्योगमा इँटा बनाउन माटो खनिएका खाल्डामा नुहाउन जाँदा डुवेका थिए । घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै