85
Shares
काठमाडौं, ११ बैशाख । अभिनेत्री मलिका महतले बहुप्रतीक्षित फिल्म ‘सतीदेवी’ को छायांकन सोमबारदेखि सुरु गरेकी छिन् ।
आज काठमाडौंको भद्रकाली मन्दिरमा फिल्मको शुभ साइत गरिए सँगै फिल्मको छायांकन सुरु भएको निर्देशक लक्ष्मण सुवेदीले बताए ।
उनले सतीदेवी नामक एक महिला चरित्र निर्वाह गर्ने छिन् । बाफल स्थित एक घरमा छायांकन थालेर मंगलबार लमजुङतर्फ जाने कार्यक्रम छ । फिल्ममा भोलाराज सापकोटा, रमेश बुढाथोकी, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी लगायतको अभिनय हुनेछ ।
फिल्ममा निर्देशक सुवेदीको पटकथा छ । बाबु श्रेष्ठको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन, देव महर्जनको एक्सन कोरियोग्राफी, दीपक शर्मा र सुभाष भुसालको संगीत कम्पोज रहनेछ । एक महिनामा छायांकन सम्पन्न गर्ने निर्माताको योजना रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन