सर्लाही, ११ वैशाख । जबरजस्ती करणी मुद्दामा लामो समय देखि फरार रहदै आएका एकजना अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी मुद्दामा आरोपित रहेका हरिवन नगरपालिका वडा नम्वर १ अत्रौलीका ४४ बर्षिय रामपुकार महतोलाई प्रहरीले २० बर्ष पछि पक्राउ गर्न सफल भएको हो ।
२० बर्ष अघि एक महिलालाई जबर्जस्ती करणी मुद्दामा आरोपित रहेका महतोलाई जिल्ला अदालतबाट अभियोग सदर गर्दै उनलाई ५ वर्षको सजाय तोकिएको थियो । सोही समय देखि फरार रहदै आएका महतोलाई गोप्य सुचनाको आधारमा सर्लाही प्रहरीले सोमवार विहान पक्राउ गरिएको सर्लाही एसपी नरेशराज सुवेदीले बताए ।
पक्राउ परेका महतोलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत मलंगवामा बुझाइएको उनले भने । प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा अनुसन्धानको क्रममा २ सय १३ प्रतिवादीलाई पक्राउ गरिसकेको छ । यस्तै, अदालतबाट फैसला भइ फरार रहेका ३ सय १ जना गरी जम्मा ५ सय १४ जना प्रतिवादी पक्राउ गरी कानुनी दायरमा ल्याइएको एसपी सुवेदीले जानकारी यदिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन