वन डढेलोको कारण राजमार्ग क्षेत्रमा देखापर्न थाले वन्यजन्तुहरुको बथान

66 Shares

रौतहट, ११ वैशाख । रौतहटको वन जंगलमा डढेलो लागेको कारण जंगली जनावरहरुको बथान सडक छेउछाउमा देखिनथालेका छन् ।
वन डढेलोको कारण जंगली जनावरहरु सुरक्षित बासस्थानको खोजीमा धनसरको सडक छेउमा हरिणको बथान देखिन थालेका हुन् ।
डिभिजन वन चन्द्रनिगाहपुर अन्तर्गत पर्ने तुरतुरे र लमाहा क्षेत्रको जंगलमा बन्यजन्तुहरुको बासस्थान रहेको पाइन्छ । त्यसक्षेत्रमा डढेलो लागेपछि हरिण, बँदेल, खरायो, निलगाई, बाघ जस्ता वन्यजन्तु सुरक्षित बासस्थानको खोजीमा राजमार्ग छेउछाउ आउन थालेका छन । उनीहरू सुरक्षित ठाउँ खोज्दै चुरे क्षेत्रसम्म पुग्ने गरेको वनका कर्मचारीहरू बताउँछन ।
तुरतुरे वनमा पाटे बाघको बासस्थान रहेको छ । डढेलो र शिकारीले बन्यजन्तुलाई समस्या पारेको सहायक वन अधिकृत रामप्रसाद साहले बताए । वनमा बाघ, चितुवा, लगायतका वन्यजन्तु देखिन्थे । अहिले राजमार्ग छेउछाउम भेटिन्छन । वन्यजन्तुलाई चैत, वैशाखमा लाग्ने डडेलो र शिकारीबाट ज्यान जोगाउने सकस हुने सहायक वन अधिकृत साहको कथन रहेको छ ।
डढेलोको तप्काबाट जंगलमा साना रुखको पात र झाडी डढेर टाढा टाढा सम्म वन्यजन्तुको गतिबिधि देखिन्छ जसका कारण शिकारीले गोली हानेर मार्ने क्रम बढ्दो छ ।
वन क्षेत्रमा लागेको डढेलोको कारण वन्यजन्तुहरुलाई संरक्षण एवं हेरचाह गर्न डिभिजन वन कार्यालयबाट खासै पहल नहुँदा वन्यजन्तुको चोरी शिकारी बढ्दै गएको आरोप स्थानीय बासिन्दाहरुले लगाए ।
यसबिषयमा डिभिजन प्रमुख सुनिल कर्णले हामी आफनो कर्मचारीलाई खटाएर भ्याए सम्मको हेरचाहमा जुटेका छौं तर चोरी शिकारी गर्नेहरु माथि सुक्ष्म निगरानी राखेपनि यदाकदा घटनाहरु भईरहेकोमा चिन्ता व्यक्त गर्दै अहिले काठ जोगाउने, वन्यजन्तुलाई संरक्षण गर्ने लगायतका मात्रै कामहरु भईरहेको हुँदा वन कर्मचारीबाट हुने आवश्यक सबै पहलमा कुनै कसर बाँकी नराखेको हुँदा स्थानीय बासिन्दाहरु पनि वन कर्मचारीलाई समयमै सुचना दिएर वन्यजन्तुको शिकार हुनबाट जोगाउन आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।