श्याम गुप्ता
बारा, ११ बैशाख । बारा निर्वाचन क्षेत्र नम्वर २ मा भएको उपनिर्वाचनको मतगणनाको पछिल्लो अपडेट अनुसार पाँच दलिय गठबन्धनका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले लिए अग्रता ।
बारा क्षेत्र नम्बर २ को करैया गाउँपालिका वडा नं. १, २ र ३ को अन्तिम मत परिणाम सार्वजनिक भएपछि उपेन्द्र यादवलाई पछाड्दै शिवचन्द्र कुशवाहाले अग्रता बनाएको हो ।
शिवचन्द्र कुश्वाहाले ८९५ मत प्राप्त गर्दा जसपाका उम्मेदवार उपेन्द्र यादवले ७८७ मत प्राप्त गरेका छन् । यादवलाई कुश्वाहाले १०८ मतले पछि पार्दै अघि बढेका छन् ।
२ हजार ६२१ मत गणना हुँदा कुश्वाहा १०८ मतले उछिनेर अघि बढेका हुन् ।
यसैगरी नेकपा एमाले उम्मेदवार पुरूषोत्तम पौडेलले ५२३, रास्वपाका उम्मेदवार रमेश खरेलले २३९ र आम जनता पार्टीका उम्मेदवार अरूण कुमार ज्ञावालीले ८० मत मात्र पाएका छन् ।
बारामा १ लाख ५ हजार २९८ जना मतदाता रहेता पनि ६८ हजार ८८७ मत खसेको थियो । ६५.४५ प्रतिशत मतदान भएका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन