is zoom.us safe to download zoom download pc 64 bit download zoom for hp zoom meeting app icon zoom software download center

बालबालिकालाई खोप लगाउन ट्रायल गर्ने भारत सरकारले अनुमती दिए

   २० जेष्ठ २०७८, बिहीबार १४:३८  

एजेन्सी
नयाँ डिल्ली, २० जेठ । कोभिड १९ को नयाँ भेरियन्ट पछिको तेश्रो लहरमा बालबालिका माथि खतरा हुने आशंका व्यक्त गरिरहेकै वेला भारत सरकारले बालबालिकाहरुको लागि कोरोनाको खोप लगाउन ट्रायलको अनुमती दिएको छ ।
भारतले सरकारले बालबालिकाका लागि कोरोना खोपको ट्रायलका लागि अनुमति दिएको हो । मंगलबार भारतको नीति आयोगका सदस्य डा. विके पालले भने, ड्रग कन्ट्रोल जनरल अफ इन्डिया (डिसिजिआई) ले २ देखि १८ वर्षका बालबालिकालाई कोरोनाको दोश्रो र तेश्रो चरणको क्लिनिकल परीक्षणको लागि अनुमोदन गरिएको छ ।
डा.पालले भने, ‘मलाई भनिएको छ कि यी परीक्षणहरु आगामी १० देखि १२ दिनमा सुरु हुने छन् । यो बाहेक डिआरडिओ को विकसित एन्टी कोभिड औषधी टु डिजी लाई पनि आपतकालीन उपयोगका लागि स्वीकृत प्राप्त भएको छ । हामी यसलाई ट्रिटमेन्ट प्रोटोकलमा जोड्नका लागि औषधीको परीक्षण गर्दैछौं उनले भने ।’
अहिले भारतमा को भ्याक्सिन १८ वर्षभन्दा माथिको उमेर समूहमा प्रयोग भैरहेको छ । भारतीय अखवार दैनिक भास्करका अनुसार एम्स पटना, मेडिट्रिना साइन्स इन्स्च्यिुट नागपुर, एम्स दिल्ली लगायतका अस्पताल र संस्था ५२५ बालबालिका माथि खोप परीक्षणका लागि सहमत भएका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै