वेलायती अखवारमा नेपाली भेरियन्ट कोरोनाको चर्चा

   २० जेष्ठ २०७८, बिहीबार १४:५३  

रौतहट, २० जेठ । वेलायती संचारमाध्यमहरुमा कोरोना भाइरसको नेपाल भेरियन्ट फेला परेको दाबी गर्दै वेलायती नागरिकको लागि निकै चुनौती पूर्ण रहेको रिपोर्ट प्रमुखताका साथ प्रकाशित गरेका छन् ।
वेलायती ट्याबलोइड दैनिक डेली मेलका विहिवारको संसकरणमा कभर स्टोरी प्रकाशित गर्दै नेपाली भेरियन्टको कोरोनाबाट वेलायती नागरिकको चुनौतीपूर्ण हुने समाचार प्रकाशित गरेका हुन् । डेली मेललाई उढृत गर्दै द इन्डिपेन्डेन्ट र टेलिग्राफ सहितका पत्रिकाहरुको अनलाइन संस्करणले पनि नेपाल भेरियन्टको भाइरसको प्रोपगण्डा मचाएका छन् ।
डेलि मेलको बिहीबारको संस्करणको दाबी वारे डब्लुएचओले कुनै भेरियन्ट फेला नपरेको बताए । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएको बारे जानकारी नभएको स्पष्ट पारे ।
डब्ल्यूएचओको नेपालस्थित कार्यालयले बिहीबार सामाजिक सञ्जाल मार्फत भनेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठनलाई अवगत छैन ।’ हाल नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) भेरियन्ट देखिएको छ । तीन भेरियन्ट मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) मात्रै हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै