सर्लाही, १२ वैशाख । सवारी साधनको चेकजाँचमा खटिएका ट्राफिक प्रहरी जवानलाई एक भारतीय नम्वरको स्कारवियोले सर्लाहीको हरिपुरमा ठक्कर दिएर फरार भएका छन् ।
मलंगवा नवलपुर सडक खण्डको हरिपुरमा नियमित चेकजाँचमा खटिएका बारा प्रसौनी गाउँपालिका ५ घरभई ट्राफिक प्रहरी पोष्ट हरिपुरमा कार्यरत प्रहरी जवान शैलेन्द्र साहलाई सोमवार साँझ बीआर ०६ पिएफ ०१९३ नम्वर भारतीय स्कारपियोले ठक्कर दिएर फरार भएका थिए ।
खुटा भाँचिएर घाइते ट्राफिक जवान साहलाई नवलपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगन्ज पठाइएको छ । प्रत्यक्षदर्शीका अनुसार भारतीय नम्बरको स्कारपियोले ठक्कर दिएर ट्राफिक जवान साहलाई सडक तलको खेतमै पुर्याएको थियो । तीव्र गतिमा रहेको स्कारपियो ट्राफिक प्रहरीलाई ठक्कर दिएर तीव्र गतिमै फरार भएको थियो ।
यसैबीच, दुर्घटना गराएर भागेको स्कारपियो हरिवन नपा ५ घुर्कौली नजिकै खेतमा बेवारिसे अवस्थामा प्रहरीले फेला परेको छ । स्कारपियो चालक भने फरार भएका र उनको खोजी भइरहेको सर्लाहीका ट्राफिक प्रहरी निरीक्षक लेखनाथ मैनालीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन