61
Shares
दाङ, १२ वैशाख । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।
घरमा सुतिरहेको अवस्थामा सर्पले खुट्टामा टोकेको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई मंगलवार बिहान राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन