desktop zoom download app for zoom zoom installation error zoom account login uk - zoom account login uk zoom download on computer zoom installation path

वन्यजन्तुको चोरी सिकारी गर्न गएका गिरोहका आफनै साथीलाई गोली लागेर मृत्यु भएपछि फरार रहेका पक्राउ

   २० जेष्ठ २०७८, बिहीबार १५:०७  

रौतहट, २० जेठ । वन्यजन्तुको चोरी सिकारीमा संलग्न रहेको आशंकामा हतियार सहित एक गिरोहका चार जना सदस्यलाई मोरंग प्रहरीले पक्राउ गरेको छ ।
वन्यजन्तुको सिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर सँगै गएका साथीको मृत्यु भएपछि फरार रहदै आएका उक्त गिरोहमा संलग्न मध्ये चारजनालाई इलाका प्रहरी कार्यालय वेलवारीले पक्राउ गरेको हो ।
मोरंगको केराबारी गाउँपालिका–३ का ४४ वर्षीय डिकबहादुर राई, ३६ वर्षीय बुद्धवीर लिम्बू, १९ वर्षीय रामप्रसाद राई र लेटाङ नगरपालिका–१ का १९ वर्षीय विपन लिम्बलाई पक्राउ गरिएका छन् ।
इप्रका बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई बुधबार साँझ पक्राउ गर्न सफल भएको बताइएको छ । पक्राउ परेकाहरुले विभिन्न स्थानमा लुकाएर राखेको चार नाल भरुवा बन्दुक पनि प्रहरीले बरामद गरेको छ । बन्दुकले लागेर साथीको मृत्यु भएको घटनापछि उनीहरु रूख र ढुंगाको चेप तथा ओढारमा बन्दुक लुकाएर फरार भएको खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
पक्राउ गरेर चारै जना संग अनुसन्धान भईरहेको तथा उनीहरुले नै दिएको बयानका आधारमा प्रहरीले चार नाल बन्दुक नियन्त्रणमा लिएको उनको डिएसपी राईभले बताए । राईका अनुसार वन्यजन्तुको चोरी सिकारीमा संलग्न गिरोहलाई नियन्त्रणमा लिन केराबारी र लेटाङ क्षेत्रमा विशेष ‘सर्च अप्रेशन’ चलाउदा सफलता पाएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै