वीरगञ्ज, १२ बैशाख । स्कूलका प्रधानाध्यापक र शिक्षकसँग दुर्वयवहार गरेको आरोपमा बाराको प्रसौनी गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष पक्राउ परेका छन् ।
वडाअध्यक्ष वृजकिशोर कुशवाहाले मदिरा सेवन गरेर राष्ट्रिय माध्यमिक विद्यालय बेलहियाका प्रधानाध्यापक र शिक्षकसँग दुर्वयवहार गर्दै कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरिएको बारा प्रहरीले जनाए ।
मङ्गलबार बिहान कुशवाहा मदिरा सेवन गरेर विद्यालय पुगेका थिए । उनले शिक्षकहरुलाई गालि–गलौज गर्दै दुर्वयवहार गर्नुका साथै कुटपिट पनि गरे ।
विद्यालय भर्ना अभियानका निमित्त शिक्षकहरु जम्मा भइ सचेतना मूलक कार्यक्रमको लागि निक्सन लाइन लागिरहेको बेला मदिरा सेवन गरेर आएका वडाअध्यक्ष कुशवाहाले मादक पदार्थ सेवनबाट मातिएको झोकमा आफू लगायत विद्यालयका अन्य शिक्षक समेतलाई गाली–गलौज गर्दै हातपात गरेको प्रधानाध्यापक पवन कुमार सिंहले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन