झाझ खोलामा डुबेर १२ बर्षिया बालिकाको मृत्यु

   अशोज १६, २०७७  
473 Shares

रौतहट, १६ असोज । रौतहटको यमुनामाई गाउँपालिकाको भेडियाहीकोएक १२ बर्षिया बालिकाको झाझ खोलामा नुहाउने क्रममा शुक्रवार डुवेर मृत्यु भएको छ ।
यमुनामाई गाउँपालिकाको २ भेडियाही निवासी रामशंकर राय यादवको १२ बर्षिया छोरी ममिताकुमारी यादव गाउँ भन्दा पुर्वमा रहेको झाझ खोलामा नुहाउन आज विहान १० बजेको समयमा डुवेर वेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालय गौरलाई सुचना प्राप्त भएपछि इप्रका गरुडाको प्रहरी निरीक्षक केदारमान दोंगको कमाण्डमा खटिएको टोलीले खोजतलासमा खटिएका थिए ।
प्रहरी संगै स्थानीय बासिन्दाहरुको अथक प्रयास पछि आज दिउसो २.३० बजेको समयमा शव फेला परेपछि मुचुल्का गरेर आवश्यक अनुसन्धान तथा पोष्टमार्टम गरेर मृतक परिवारलाई शव सतगतको लागि जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय गौरको प्रवक्ता तथा डिएसपी भरत श्रेष्ठले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै