बारा, १३ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर २ बाट सत्तारुढ दलको समर्थनमा जसपा अध्यक्ष बारा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका छन् ।
यादवले जनमत पार्टीका सिके राउतको उम्मेदवार शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतको ठूलो अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वााचित भएका हुन ।
पाच दलिय गठबन्धनका साझा उम्मेदवार यादव जनमतका उम्मेदवार कुशवाहलाई उपनिर्वाचनमा पाखा लगाउदै निर्वाचित भए ।
अध्यक्ष यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मतमा चित्त बुझाउनु परेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
जे भएपनि बारा २ का जनताहरुले उपेन्द्र यादव प्रति देखाएको विश्वासलाई सदुपयोग गर्नुपर्ने चुनौती थपिएको छ ।
पाँच दलिय सत्ता गठबन्धनबाट सरकारी उम्मेदवार सामु नव उदयिमान पार्टी जनमतले धेरै संघर्ष गरेर एमाले भन्दा अघि देखिनु निकै सकारात्मक पक्ष भएको राजनीति विश्लेषक हरुले बताए ।
एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरे । पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे ।
उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन