936
Shares
सप्तरी, २० जेठ । पाहुनाको लागि बारीमा तरकारी टिप्न गएकी महिलाको विजुलीको करेन्ट लागेर विहिवार मृत्यु भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका रामृक्ष राय यादवको ५५ बर्षिया श्रीमती इनरदेवी रायको आज विहान करेन्ट लागेर मृत्यु भएको हो ।
यादवले तरकारी बारीमा सुँगुर, स्याल लगायतका जनावरहरु नोक्सान पुर्याउदै आएपछि वारीको चारै तिर विजुलीको नाँगो तार लगाएर करेन्ट प्रवाह गरेका थिए । आफैले थापेको वायरमा वेरिएर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरमा पाहुना आएपछि तरकारी बनाउन वारीमा टिप्न जाँदा उक्त घटना भएको हो । मृतक महिलाको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिउको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।