मुम्बई, १३ बैशाख । डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिगमा ५ पटकको च्याम्पियन मुम्बई माथि पहिलो जित निकालेको छ ।
हार्दिक पाण्डयाको कप्तानीमा रहेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बईलाई ५५ रनले जित निकालेको थियो ।
चालू सिजनमा गुजरातको पाँचौं जित हो भने मुम्बईले चौथो हार बेहोरेको हो । यो जितसँगै गुजरातको टोली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मुम्बईका कप्तान रोहित शर्माले टस जितेर बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो ।
गुजरातका ओपनर शुभमन गिल ५६ रनले सिजनको तेस्रो अर्धशतक बनाएका थिए । गिलका अलावा डेभिड मिलनले ४६ र अभिनव मनोहरले ४२ रन बनाए । राहुल तेवाटियाले ५ बलमा २० रनको योगदान दिए ।
मुम्बईका पियुष चावलाले दुई विकेट लिए । अर्जुन तेन्दुलकर, जेसन बेहरेनडोर्फ, रिले मेरिडिथ र कुमार कार्तिकेयले १÷१ विकेट लिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन