नयाँ भेरियन्ट वारे वेलायत सरकार संग जानकारी माग

712 Shares

रौतहट, २० जेठ । वेलायती अखवारमा नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको सम्बन्धमा नेपालले बेलायत सरकार संग जानकारी माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको वारे वेलायत सरकार संग भएको जानकारी पठाउन इन्टरनेशनल हेल्थ रेगुलेशनलाई इमेल मार्फत पत्राचार गरिएको बताए ।
बेलायती सञ्चार माध्यमहरुमा नेपालमा नयाँ भेरियन्ट भेटिएको बारे दावी गरिएको छ । तर यसबारे हामीलाई कुनै जानकारी छैन, उनले भने, नेपालमा अल्फा र डेल्टा भेरियन्ट भेटिएका छन् । तर एक्कासी नयाँ भेरियन्ट भेटिएको कुराले हामी आश्चर्यचकित भएका छौं प्रवक्ता डा. पौडेलले भने ।
नेपालमा कुन भेरियन्ट फैलिएको भन्ने बारे नियमित अध्ययन भइरहेको समेत उनले बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा पौडेल भन्छन्, ‘भेरियन्टबारे पत्ता लगाउन जिन सिक्वेन्सिङ भइरहेको छ, तर नयाँ भेरियन्टबारे हाम्रो जानकारीमा छैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार