व्यपार घाटा न्यूनिकरण गर्न गिटी, वालुवा र ढुंगाको निकासीको निर्णय तत्काल सच्चयाउन मुख्यमन्त्री राउतको माग

   २० जेष्ठ २०७८, बिहीबार १८:२७  

तराई टप डेष्क
रौतहट, २० जेठ । व्यापार घाटा न्यनिकरण गरिने बहानामा खनिजजन्य गिटी, बालुवा र ढुंगाको निकासी गर्ने निर्णयबाट प्रदेश नम्वर दुई मरुभुमि बन्ने हुँदा उक्त निर्णय ततकाल सच्याउन प्रदेश नम्वर २ को सरकारले संघिय सरकार संग माग गरेको छ ।
सप्तरी देखि सिरहा सम्म फैलिएको चुरे पहाड प्रदेश नम्वर २ को कवचको रुपमा रहेको छ । चुरेबाट निस्कने नदीहरुबाट गिटी, बालुवा, ढुंगा उत्खनन गर्दा दक्षिण भेगको जमिनहरु मरुभुमिमा परिणत हुने निश्चित रहेकोमा व्यापार घाटा न्युनिकरण गर्ने संघिय सरकारको अदुरदर्शिता निर्णय माथि प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको हो ।
मुख्यमन्त्री लालबाबु राउतद्धारा हस्ताक्षरित विहिवार जारी भएको प्रेस विज्ञप्तीमा अध्यादेश मार्फत ल्याइएको बजेटमा समावेश गरिएको ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गर्दा प्रदेश सरकार मतहत रहेका वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा रहेको हुँदा चुरे विनाशबाट ठूलो सम्पदा सहित वस्ती गुम्ने निश्चित रहेको उल्लेख गरिएको छ ।
प्रदेशको जनता प्रतिबर्ष बाढि, कटान, पहिरो लगायतको समस्याबाट पिडित बन्दै कृषि उपजमा समेत ह्रास आईरहेको छ । चुरे क्षेत्रको माटो कमजोर छ । कमजोर भु बनौटका कारण यहाँबाट गिटी, वालुवा ढुंगा निकालियो भने नदीको वहाव तिव्र हुनुका साथै मानव वस्तीमा समेत प्रतिकुल वातावरणीय असर पर्ने भएको हुँदा संघिय सरकारको उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने विज्ञप्ती मार्फत मुख्य मन्त्री राउतले माग गरे ।
अन्नको भण्डारको रुपमा प्रख्यात रहेको प्रदेश नम्वर २ को खोला नालाबाट नेपाल सरकारको अदुरदर्शीता निर्णय गर्दै ढुंगा, गिटी र वालुवा निकाल्ने कार्यबाट अन्नको भण्डार क्षेत्र मरुभुमिमा परिणत भई मधेशको जनताहरु निकै समस्यामा पर्ने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । वन विनाश, वातावरण संतुलन, जैविक विविधताको संरक्षण, पानीको मुहान संरक्षणको साथै प्रदेश नम्वर २ लाई मरुभुमिकरण हुनबाट जोगाउन प्रदेश सरकार सचेत एवं सजग रहेको बताइएको छ ।
नेपाल सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्दै यदी उक्त निर्णय नसच्चिए तराई मधेशको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकार आवश्यक निर्णय लिने संघिय सरकारलाई विज्ञप्ती मार्फत राउतले चेतावनी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै