दाङमा बालबालिका र वृद्धवृद्धाको आत्महत्या क्रम बढ्दो

   १३ बैशाख २०८०, बुधबार १५:४७  

दाङ, १३ बैशाख । दाङमा बालबालिका र वृद्धवृद्धाको आत्महत्या गर्ने क्रम बढेको छ । पछिल्लो तीन वर्षको तथ्याङ्कले ६ सय २४ जनाले आत्महत्या गरी ज्यान गुमाइसकेका छन् ।
तीन वर्षको अवधिमा दाङमा मात्रै ६ सय २४ जनाले आत्महत्या गरी ज्यान गुमाइसकेका हुन् । एउटै जिल्लामा यतिको सङ्ख्यामा आत्महत्या हुनु निकै चिन्ताको विषय बनेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङले दिएको जानकारी अनुुसार पछिल्लो तीन वर्षमध्ये आर्थिक वर्ष २०७७÷७८ मा १ सय ४४ पुरुष र १ सय १ महिला गरी २४५ जनाले आत्महत्या गरे ।
आर्थिक वर्ष २०७८÷७९ मा ७७ पुरुष र १ सय ४६ महिला गरी २ सय २३ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी २०७९÷८० मा ७० महिला र ८६ पुरुष गरी १ सय ५६ जनाले आत्महत्या गरेका छन् ।
यो तीन वर्षको अवधिमा ६ सय २४ जनाले आत्महत्या गरेको तथ्याङ्कमा उल्लेख छ । जसमा ३ सय १७ महिला र ३ सय ७ जना पुरुष रहेका छन् । आत्महत्या गर्नेहरुको भयाभय रुप देखेर सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चिन्ता व्यक्त गर्दै आत्महत्यालाई नियन्त्रण गर्न जनचेतना जगाउनु पर्ने देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै