भन्सार छलीको सामान बरामद

560 Shares

तराई टप संवाददाता
रौतहट, २२ जेठ । सिमावर्ती भारतबाट विभिन्न चोर नाका भएर मालसामान भित्रयाउदै गर्दा नेपाल प्रहरीले नियन्त्रणमा लिई शनिवार गौर भन्सार कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटको मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गस्तीको क्रममा भारतबाट नेपालतर्फ भित्याउदै गर्दा अन्दाजी तिरासी हजार आठ सय बराबरको विभिन्न सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीले घडी, थान कपडा, गिफ्ट, लुगा धुने सरफ, कुर्ता सुरुवाल, सुर्ती, कस्मेटिकका सामानहरु लगायतका मालबस्तु वेवारीसे अवस्थामा फेला परेको जनाएको छ । शुक्रबार खटिएको प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा नं. ४ महुलीयाबाट नेपालबाट भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजानको लागी लुकाई छिपाई राखेको सौफी रक्सी र डिजल प्रहरी गस्ती टोलीले वेवारीसे अवस्थामा फेला पारेको र सो सौफी रक्सी र डिजलको अन्दाजी चार हजार पाँच सय वरावरको सौफी रक्सी, डिजल समेत गरी जम्मा अन्दाजी अठासी हजार तिन सय बराबरको मालबस्तु आवश्यक कारवाहीकोे गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार