पत्रकार महासंघ रौतहटको बार्षिक बजेट समिक्षा कार्यक्रम

   २२ जेष्ठ २०७८, शनिबार १९:५३  

तराई टप संवाददाता
चन्द्रपुर, २२ जेठ । नेपाल पत्रकार महासंघ रौतहटले शनिवार आर्थिक बर्ष २०७८÷०७९ को वार्षिक कार्यक्रम तथा बजेट निर्माण छलफल कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य एवम प्रदेश २ को संयोजक शिव पुरीको प्रमुख आतिथ्यमा चन्द्रपुरको एन प्लाजामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न संचारक्षेत्रमा आवद्ध पत्रकारहरुले आ–आफ्ना सुझाव राख्नु भएको थियो ।
पत्रकारहरुको हकहितका लागी पत्रकार महासंघ रौतहटले आफ्नो कार्यक्रमलाई तदरुकताका साथ कार्यन्वय गर्न सहभागीहरुले सुझाव दिए । अक्षयकोष स्थापना गर्ने ,सदस्यहरुको बीमा, पत्रकारिता पुरस्कार प्रदान लगायत सदस्य एवं सदस्य हुन नपाएका सकृय पत्रकारहरुलाई क्षमता अभिवृद्धि एवं वृत्ति विकासका लागि विभिन्न तालिम सहितका कार्यक्रमहरु ल्याउनु पर्ने भनाई राख्नु भएको थियो । कार्यक्रमका सभाधक्ष्य तथा पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले कार्यक्रममा आएका सुझावहरुलाई मनन गरि प्राथमिकताका साथ महासंघ अगाडी बढ्ने बताउनु भयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै