81
Shares
काठमाडौँ, १४ बैशाख । गत वर्षको फागुन १९ गते सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’ को गीत ‘दर्शन सलाम’ ले युटयुबमा २ करोड भ्युज पाउन सफल भएको छ ।
गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको हो । दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारको पनि नृत्य छ ।
गीतमा दीपक र दीपा, स्वस्तिमा र राज जोडीको रूपमा देखिएका छन् ।
राजेन्द्र थापाको शब्द, डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन