62
Shares
लुम्बिनी, १४ बैशाख । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीले दाबी पेश गरेको छ ।
प्रदेश प्रमुख अमिक शेरचन समक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेको हो ।
उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर रहेको छ । उनले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका छन् ।
चौधरीलाई कांग्रेस सहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ ।
एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभा बाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धन अनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन्
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन