zoom teleconference app zoom download in laptop zoom download windows 10 why are covid pcr results taking so long lenovo laptop webcam not working zoom

स्थानीय र प्रहरी विच झड्प, डिएसपी सहित सात जना प्रहरी घाईते

   २४ जेष्ठ २०७८, सोमबार ०९:१९  

तराई टप संवाददाता
रौतहट, २४ जेठ । रौतहटको गरुडा नगरपालिकामा निषेधाज्ञाको उलंघन गर्दै डिजे बजाउन रोक लगाउन खोज्दा स्थानीय र प्रहरी विच आईतवार राति झड्प भएको छ भने डिएसपी सहित सात जना प्रहरी घाइते भएका छन् ।
गरुडाको गेडहीगुठीबाट गढीमाईको मलाहीमा डिजे सहित जन्ति जान लागिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएका प्रहरीले निषेधाज्ञालाई उलंघन नगर्नुस, स्थानीय प्रशासनले लगाएको कोभिड प्रोटोकलको पालना गरेर कम संख्यामा मात्रै जन्ती जान भनेपछि वादविवाद उत्पन्न भई स्थानीयहरु प्रहरी माथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले बाध्य भई लाठी चार्ज गर्दा दोहरो झड्प भएका हुन् ।
गरुडा नगरपालिकाको वडा नम्बर २ गेडाहीगुठीमा स्थानियले ३ ओटा विवाहमा भिडभाडका साथ डिजेसहित निषेधाज्ञाको अवज्ञा गरिरहेको अबस्थामा प्रहरीहरुले सम्झाइ बुझाइ सो कार्य कोरोनाको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरी गर्न गराउन निर्देशन दिइ प्रहरी फर्किने क्रममा एक्कासी स्थानियले प्रहरी माथी ढुङ्गा प्रहार गरेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपि शिद्धिविक्रम शाहले बताए ।
झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डिएपि द्धारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन । घाइते डिएसपी घिमिरेको छातीको करंग भाँचिदा उनी सहित प्रहरीहरुको गरुडा स्थित ग्राण्डि सिटी अस्पतालमा उपचार भइरहेको एसपी शाहले जानकारी दिए ।
गएराती अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटमा कोरोना जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले गत बैशाख २१ गतेबाट निषेधाज्ञा जारी गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै