काठमाडौं, १४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिक जारी गरेको छ ।
पढनको लागि विदेश पठाउन थालेको लामो समयपछि मन्त्रालयले त्यसलाई व्यवस्थित गर्न निर्देशिक बनाएको हो ।
विदेश शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थीले लिनुपर्ने पूर्व स्वीकृतिपत्रमा कडाई गरिएको भन्दै विरोध भएपछि मन्त्रालयले केही संशोधन गरेर सार्वजनिक गरेका छन् ।
गत फागुन १८ मा स्वीकृत भएको निर्देशिका चैत १८ गतेदेखि कार्यान्वयनमा आएको थियो । सोही आधारमा सरकारले भाषा तथा डिप्लोमा कोर्ष पढ्न जान ‘एनओसी’ जारी गर्न रोक लगाएको थियो ।
चौतर्फी विरोध र दबाबपछि मन्त्रालयले उक्त निर्देशिक संशोधन गरेर कक्षा १२ वा सो सरहभन्दा माथिल्लो तहका लागि ‘एनओसी’ जारी गर्न सकिने बनायो ।
मन्त्रालयले बुधबार राति सार्वजनिक गरेको निर्देशिकामा यसअघिका विभिन्न प्रावधान हटाइएको छ । मन्त्रालयले निर्देशिकालाई यसअघि ‘एनओसी’ जारी गर्दै आएको प्रक्रियालाई व्यवस्थित मात्र गरिएको जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन