बलात्कारी पछि हत्या गरिएको अवस्थामा किशोरीको शव उखुघारीमा फेला

   १६ आश्विन २०७७, शुक्रबार २०:५२  

रौतहट, १६ असोज । रौतहटको वृन्दाबन नगरपालिकामा एक किशोरीको बलात्कार पछि हत्या गरिएको अवस्थामा शव उखुघारीमा शुक्रवार साझ फेला परेको छ ।
बृन्दाबन नगरपालिका वडा ४ हरैया पल्टुवा गाँउको मामा घर गएकी गढीमाई १ स्थायी घर भएकी एक १६ बर्षिया किशोरी घाँस लिन विहानै घरबाट निस्केको तर दिउसो सम्म घरमा छोरी नआएपछि अभिभावक खोजतलास गर्दै जाँदा स्थानीयले उखुबारीमा बलात्कार गरेर हत्या गरिएको अवस्थामा शव फेला परेको वृन्दावन नगरपालिकाको मेयर रामस्नेही यादवले जानकारी दिए ।
बिहान ९ बजे घाँसकाटन गएकी बालिकाको हरदिया गाँउको केहीपर रहेको उँखुुघारीमा बलात्कार पछी हत्या भएको हुनसक्ने आशंका उनले गरे । अपरान्ह ३ बजे गाँउलेहरु घाँस लिन जाँदा स्थानीय होस नारायण यादवको उँखुघारीमा बालिकाको शव देखेपछी प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
घटना भएको स्थानमा प्रहरी टोली पुगिसके पनि सो घटनाको सम्बन्धमा प्रहरीले केही प्रतिक्रिया दिएको छैन । सो घटनाको बिस्तृत अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । रौतहटमा भइरहेको हत्या हिसा गर्ने जस्ता अपराधिक गिरोह नै हुन सक्ने भन्दै स्थानियले त्यो गिरोह पत्ता लगाई कारवाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिएका छन । बालिकाको शवलाई आवश्यक परिक्षणको लागि अस्पताल पठाइएको गाउँलेले बताए ।
पछिल्लो समयमा रौतहटमा हत्या हिंसा, बलात्कारको घटना मौलाउदै गएपनि उक्त घटनालाई नियन्त्रण गर्न अहिले रौतहट प्रहरी प्रशासन असफ रहेको पछिल्ला घटनाहरुबाट पुष्टि गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै