काठमाडौं, १४ बैशाख । गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढन थालिन्छ ।
गर्मीको कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पु¥याइरहेको हुन्छ । पसिना धेरै आउने भएकाले गर्मी याममा दिनदिनै नुहाउनु पनि पर्ने हुन्छ ।
यसका साथै छालालाई स्वस्थ राख्न अन्य विभिन्न उपाय यस प्रकारका छन् ।
बडी लोसन, नुहाइसके पछि शरीरमा बडी लोसन लगाउनु पर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन । फेसवासको प्रयोग, हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुनुुपर्छ ।
सनस्क्रिन क्रिम लगाउने, घरबाट बाहिर निस्कनु भन्दा २० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनु पर्छ । पाउडर, गर्मीमा पसिना आउनु त सामान्य नै हो । पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ । धेरै पानी पिउने,
गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन