काठमाडौं, १४ बैशाख । नेपाली कांग्रेसका उम्मेदवारहरू वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा हारेपछि पार्टी भित्र रूपान्तरणको बहस उठेको छ ।
२०७८ मंसिरको १४ औं महाधिवेशन र गत पुस ६ गते संसदीय दलका नेता चयनका बेला पार्टी भित्र रूपान्तरण र पुस्तान्तरणका मुद्दा उठाइएको थियो ।
यसपालि ३ क्षेत्रमा भएको उपनिर्वाचनमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल ग¥यो । बारा २ जसपा अध्यक्ष उपेन्द्र यादवलाई छाडेर कांग्रेसले तनहुँ १ मा गोविन्द भट्टराई र चितवन २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।
कांग्रेसका दुई उम्मेदवार, भट्टराई र श्रेष्ठ पराजित भए ।कांग्रेसका दुवै उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले हराएका छन् ।
तनहुँमा कांग्रेस परित्याग गरी रास्वपाबाट उम्मेदवार भएका स्वर्णिम वाग्ले र चितवनमा सभापति रवि लामिछानेले चुनाव जितेका हुन् ।
कांग्रेसका सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरू तनहुँ तथा चितवनका चुनावमा केन्द्रित हुँदासमेत परिणाम आफ्नो पक्षमा हात नपरेपछि कांग्रेसभित्र रूपान्तरणको बहस फेरि भइरहेको हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन