सम्भावित बाढीको जोखिमलाई नियन्त्रण गर्न वागमती नदीको बाँध तथा स्पर निर्माण युद्धस्तरमा

596 Shares

तराई टप संवाददाता
रौतहट, २५ जेठ । राजदेवी नगरपालिका स्थित वागमती नदीको पश्चिमी बाँधलाई जोगाउन बनाइएको स्पर गत बर्षको बाढीमो क्षतिग्रस्त भएपछि अहिले युद्ध स्तरमा स्परको निर्माण एवं मर्मत कार्य सुरु गरिएको छ ।
वागमती नदीको पश्चिमी बाँधको स्तर नम्वर १ र ५ लाई गत बर्षको बाढील क्षतिग्रस्त एवं केही भाग बगाएपछि जिल्ला प्रशासनको रौतहटको विशेष पहलमा वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना परवानीपुरले निर्माण र मर्मत कार्य युद्धस्तरमा सुरु गरेको हो ।
बाढीबाट वागमती र लाल बकैया नदी किनारको जोखिमपूर्ण रहेका बस्तीहरु नजिक बाँध तथा स्परलाई तत्काल मर्मत गर्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उक्त आयोजनाको प्रमुख एकलाख सिद्धिकीलाई निर्देशन दिएपछि गत बर्ष भत्किएका संरचना एवं स्परलाई मर्मत कार्य सुरु गरिएको जानकारी जिल्ला प्रशासन कार्यालय रौतहटले दिए ।
बर्षात सिजन सुरु हुन लाग्दा त्यसबाट पर्ने प्रतिकुल असरलाई मध्यनजर राख्दै स्थानीय प्रशासनले पटक पटक ताकेता गरेर गत बैशाख महिना देखि वागमती र लाल बकैया नदीमा क्षतिग्रस्त भएका संरचनाहरुको मर्मत कार्य सुरु गरिएका थिए । बर्षाको पानीले हरेक बर्ष बागमती नदीले स्परलाई क्षतिपुर्याएर बाँध कटान गरिरहदा टाँसिएका बस्तिहरुमा जोखिमलाई मध्यनजर राख्दै मर्मत गर्न प्रशासनिक पहलमा निर्माण कार्य भईरहेको प्रजिअ यादवले बताए ।
यस बर्ष भने हुन सक्ने सम्भावित जोखिमबाट स्थानियलाई जोगाउन जिल्ला प्रशासन कार्यालय रौतहटले बाध निर्माणमा अग्रसरता बढाएको छ । प्रमुख जिल्ला अधिकारीः यादवको पहलकदमीबाट रौतहटको राजदेवी नगरपालिकामा पर्ने बागमती नदीको बाँध र स्पर मर्मत एवं निर्माण तिब्र गतिमा अहिले अगाडी बढाइएको छ ।
रौतहटमा बर्षाको समयमा बागमती र लाल बकैया नदीको बाढीले हजारौ बिगाह जमिन कटान गर्दै आएको छ । यस बर्षको बाढीबाट स्थानिय नागरिकहरुलाई केही हदसम्म सुरक्षित बनाउन बाध निर्माणको कार्य तिब्र गति अगाडी बढाइएको उनले स्पष्ट पारे ।
वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना परवानीपुरको आयोजना प्रमुख एकलाख सिद्धिकीले गत बर्ष बाढीबाट क्षतिग्रस्त भएको संरचनाहरुलाई मर्मत एवं पुनरनिर्माण गर्न आयोजना संग पर्याप्त बजेट नरहदा कार्य गर्न कठिनाई रहेका तर अन्तिम समयमा बजेट आउने भएपनि अहिले जेनतेन मर्मत कार्य गरेर स्थानीय बासिन्दाहरुलाई सम्भावित बाढी एवं कटानबाट हुने जोखिमलाई नियन्त्रण गराउने प्रयास जारी रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार