तराई टप संवाददाता
रौतहट, २५ जेठ । तपाईलाई २५ लाख चिठ्ठा पर्यो भनेर विदेशी नम्वरबाट वाट्स एपबाट कल गरी अनलाइनबाट रकम जम्मा गरेरमा परेको चिठ्ठा पाउनुहुन्छ भन्दै ठगिधन्धा भईरहेको पाइएको छ ।
इन्टरटेनमेन्ट भारतीय चैनल सोनीबाट चाँडै सुरु हुन लागेको कौन बनेगा करोडपती एपिसोडमा तपाईको नम्वर भाग्यमानी रहेको भन्दै २५ लाखको चिठ्ठा पर्यो भनेर तपाई आफनो अकाउन्ट नम्वर र दिएको नम्वरमा रकम पठाइदिन भन्दै मंगलवार विहानै चार चोटी वाट्स एपमा कल गरेर हैरान पारेको गौर नपा ७ सिसवाको बजरंगी कुमार पासवानले गुनासो गरेको हो ।
रानाप्रताप सिंह भन्ने नामको मानिसले भारतीय नम्वर ७३८८९९९४४१ बाट पासवानलाई वाट्स एपको नम्वरमा फोन गरेर “बधाई छ, तपाईलाई २५ लाखको चिठ्ठा परेको छ, तपाईले आफनो अकाउन्ट नम्वर पठाउनुस, तपाईले अविलम्ब अनलाइन टेक्स १८ हजार पठाउनु पर्छ” भन्दा म झसंग परे । कहिल्यै अनलाइन चिठ्ठाको लागि फर्म नभरेको तर आज २५ लाखको चिठ्ठा कसरी पर्यो भनेर एकछिन सोच्न थाले । पछि मेरो नाम सहित फोटो जितेको अमाउन्ट सहितको पोष्टर पठाएर हेर्दा मलाई ठग जस्तो लाग्यो पासवानले तराई टप संग भने ।
तर पनि यसको पहिचान बुझ्नका निमित्त मैले सादा चेकको स्केन गरेर खाता नम्वर सहित पठाउदा भारतीय नागरिक सिंहले नमूना राईको नाममा ग्लोवल आईएमई बैंक काठमाण्डौमा रहेको खाता नम्वर यु५०७०१०००१२४५ दिएपछि मैले पुन ः उक्त नम्वरमा कल गरेर यो मान्छेको आइडी सही छैन भन्दा पुन ः अर्को नम्वर दिए । पुजा परियारको एनएमवी बैंक काठमाण्डौको खाता नम्वर ००६१४५०७१००००१७ दिएर तुरुन्तै पैसा हालिदिनु भने । लकडाउनले म संग १८ हजार छैन जति भएपनि हालिदिनु नत्र यो चिठ्ठा अरुलाई पर्नेछ भनेर फोन काटिएपछि फोन गर्ने व्यक्ति कोन बनेगा करोडपतिको नामबाट नेपालमा पनि ठगि धन्धा सुरु गरेको विश्वास भएको उनले तराई टपलाई बताए ।
अनलाइनबाट ठगि गर्ने यस्ता गिरोहलाई नेपालमा सघाउने राई र परियार जस्तालाई समयमै कारवाही गरी अरुलाई ठगिनुबाट जोगाउन प्रशासनिक निकायको ध्यानाकर्षण गराउदै युवक पासवानले गौर नपा ७ सिसवाकै इश्राइल अन्सारी मोल्वीको श्रीमती गतबर्ष इमोबाट आएको फोनको आधारमा ९४ हजार ठगिमा परिसकेको हुँदा भारत, दुवईबाट संचालन गरिने यस्ता ठग गिरोहलाई पर्दाफास गरी नेपालीहरुलाई ठगिनुबाट बचाउन माग समेत उनले गरे ।
यसविषयमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अनलाईनबाट रकम ठग्ने गिरोह नै सक्रिय रहेको हुँदा त्यस्ता कार्यमा नलाग्न आग्रह गर्दै यदी त्यस्ता व्यक्तिहरुको पहिचान खुलिरहेको छ भने सम्बन्धित निकायमा उजुरी गरेर त्यस्तालाई अनलाईन ठगि ऐन तर्फ कारवाही गराउनु नितान्त आवश्यक रहेको हुँदा त्यस कार्यको लागि स्थानीय बासिन्दाहरुको सहयोगको खाँचो रहेको बताए ।