पोखरा, १५ बैशाख । गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यभार सम्हाल्दै चार निर्णय गरेका छन् ।
शुक्रबार पाण्डेले कार्यभार सम्हालेपछि बसेको मन्त्रिपरिषद बैठकमा ४ वटा निर्णय गरेका हुन् ।
मन्त्रिपरिषदको निर्णय अनुसार सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो छरितो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझाव सहितको प्रतिवेदन १५ दिनभित्र पेश गर्न कार्यदल गठन गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव संयोजक, मुख्यमन्त्री कार्यालयका समन्वय महाशाखाका सचिव सदस्य, आर्थिक मामिला मन्त्रालयका सचिव सदस्य, भौतिक पूर्वाधार विकास तथा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्रमुख सदस्य सचिव हुने गरी कार्यदल गठन गरिएको जनाइएको छ ।
यस्तै बैठकले गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिँचाइ योजना विद्युत् महशुलमा सत् प्रतिशत सम्म अनुदान दिने निर्णय गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन