राधेश्याम कुशवाहा
निजगढ (बारा), १५ वैशाख । बाराको निजगढ नगरपालिकामा प्रदेश सरकारको ३० लाखको लागतमा सुविधा सम्पन्न खेलकुद मैदान निर्माण हुने भएको छ ।
नेपाली काँग्रेस मधेश प्रदेश संसदीय समितिका उपाध्यक्ष तथा पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले निजगढ नगरपालिका वडा नम्वर ४ मा एक कार्यक्रमका बिच खेलकुद मैदानको शिलान्यास गरेको हो ।
शिलान्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री सिंहले खेलकुदको क्षेत्रको पहिचान र स्वास्थ्य दुवैका लागि महत्वपूर्ण रहेकाले खेलकुद विकासलाई सरकारले निरन्तरता दिनुपर्नेमा जोड दिए । अन्य देशको तुलनामा नेपालमा खेलकुद विकास कछुवा गतिमा रहेको, देशमा सुविधा सम्पन्न खेलकुद मैदानको अभाव रहदा त्यसको निर्माण गरेर यहाँको खेलकुद क्षेत्रलाई विकसित बनाउनु पर्ने बताए ।
स्थानीय स्तरमा खेलकुद र नियमित प्रतियोगिता नहुदा यहाँ भएका खेलकुद प्रतिभावान युवाहरू विस्थापित हुँदै गएको दुखेको पोखे । खेलकुदमा लागेका युवाहरूलाई समेत प्रोत्साहन र उनीहरुको रोजगारीको गारन्टी गर्न नसक्दा उनिहरु अन्य पेसामा लाग्न समेत बाध्य रहेको, उहाँले भने ।
खेलकुद मैदानको शिलान्यास कार्यक्रम पश्चताप निजगढ नगरपालिकाका विभिन्न सामुदायिक विधालयहरु, कृष्ण प्रणामी मन्दिरको स्थलगत अवलोकन गर्नुको साथै विभिन्न राजनीतिक कार्यकता, नागरिक समाजका अगुवा समाजसेवी व्यक्तिहरुसंग भेटघाट गरेका थिए ।
मधेस प्रदेशका ८ वटै जिल्लामा खेलकुद सामाग्री वितरण, विभिन्न खेलकुद प्रतियोगिताको आयोजना, खेलकुद मैदान निर्माण, जिम हल निर्माण तथा सामग्री वितरण, बालविवाह तथा दाईजो प्रथा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतना मूलक कार्यक्रम आयोजना गरेर नेतुत्वको थोरै समयमा उनले प्रदेश भरिबाट राम्रो प्रशंसा बटुलेको पुर्व मन्त्री सिंहको स्वकीय सचीव निकेश त्रिपाठीले दाबी गरे ।
पूर्व मन्त्री सिंह मधेस प्रदेशमा महिला बालबालिका युवा तथा खेलकुद बिकास मन्त्री रहेको समयमा रङ्गशला निर्माणका लागि बजेट बिनियोजन गराएका थिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन