स्थानीयद्धारा एक घरमा आगजनी गराउदा २ लाखको क्षति

   २५ जेष्ठ २०७८, मंगलवार १७:२४  

 

तराई टप संवाददाता
रौतहट, २५ जेठ । रौतहटको फतुवा विजयपुर नगरपालिकाको भैसही गाउँका सिकिन्द्र महतोको घरमा एक जना व्यक्तिले आगो लगाइदिदा २ लाखको क्षति भएको छ ।
फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ११ भैसहीका महत्तोको घरमा सोमबार राति परोहा नगरपालिकाको वडा नम्बर ६ बसन्तपटी बस्ने मनोज महत्तोले आगजानी गरेर फरार भएको पिडित सिकिन्द्र महत्तोले बताएको हो ।
घरमा आगो लगाएर मनोज फरार भएको पिडित सिकिन्द्रेले बताए । आगजानी गरी फरार भएका मनोजलाई प्रहरीले केही समयपछि नै नियन्त्रणमा लिइएको प्रहरी चौकी दुधिहवाले जनाएको छ । नियन्त्रणमा लिइएको मनोजलाई थप कारवाहीका लागि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
किन र के करणले मनोजले आगजानी गरेको हो सोको एकिन हुन नसकेको स्थानियले प्रहरीले बताए । सो आगजानीबाट २ लाख बराबरको धनमाल जलेर नष्ट भएको पिडितलाई उद्धित गर्दै प्रहरीले बताए । स्थानिय र प्रहरीको रोहवरमा सो आगलागी नियन्त्रणमा लिइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै