काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल फाइनलमा पुगेका छन् । नेपाल संगै फाइनलमा यूएई पनि प्रवेश गरेका हुन् ।
काठमाडौं स्थित त्रिविवि खेल मैदानमा नेपालले कुवेतलाई जीतका लागि २८१ रनको लक्ष्य दिएका थिए तर कुवेतको ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन बनाउदै इन्द्र भगवान मेहरवान भएर खेला बाधित हुन पुगे । बर्षाबाट नेपाल र कुवेतबीचको खेल प्रभावित भएपछि नेपाल समूह विजेता भई सेमिफाइनल प्रवेश गरेको आधारमा सोझै फाइनलमा पुगेको छ भने यूएईले डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले हराउदै फाइनलमा प्रवेश गरेका छन् ।
त्रिवि मैदानमा नेपाल र कुवेतबीचको खेल वर्षाका कारण प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा नेपालले डीएलएस प्रणालीका आधारमा २८१ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण पुन रोकिएको थियो ।
कुवेतले २० ओभर सम्म नखेलेका कारण डीएल प्रणालीबाट नतिजा दिन नमिल्ने भएकोले कुवेत र नेपालबीचको खेल अर्थहीन रह्यो । नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा पुगेको हो ।
उता यूएईले भने डीएलएस प्रणालीका आधारमा ओमानलाई २ रनले पराजित गर्यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
अब फाइनल खेल सोमबार हुनेछ । कुवेत र ओमानले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन् ।
भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान सम्मिलित एशिया कपमा खेल्न नेपाल अब मात्रै यूएइइलाई हराएर आफनो सपना पुरा गर्न नेपाली खेलाडीहरुको साथै सम्पूर्ण नेपाली नागरिकहरु नेपालको खेलप्रति उत्साह र हौसला बढाउनुको साथै एशिया कपमा खेल्ने सपना पुरा गर्न इश्वर संग पनि प्रार्थना गर्दैछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन