उपमहानगरपालिकाले गौशालाको संरचना भत्काउँन लागेको प्रति राष्ट्रिय एकता असन्तुष्ट

183 Shares

श्याम गुप्ता
बारा, १६ बैशाख ।  राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउँन लागेको भन्दै त्यसको विरोध गरेको छ ।
  अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउँने निर्णयवाट पछि नहटे त्यसबाट उत्पन्न हुँने परिस्थितीको जिम्मेवार स्वयंम् उपमहानगर हुँने चेतावनी दिएका छन् ।
  अतिक्रमणको वहानामा वर्षौदेखि सञ्चालनमा रहेको हिन्दु धर्मावलम्विहरुको धरोहर (गौशाला) भत्काउन खोज्नुले जनप्रतिनिधिमा धार्मिक असहिष्णुता देखिएको विज्ञप्तिमा उल्लेख छ।
  ‘उपमहानगरपालिकाले विज्ञप्ति जारी गर्दै आइतबार बिहान १० बजेदेखि गौशालाका संरचनामा डोजर लगाउने जानकारी गराएपछि वीरगञ्ज जीतपुर गौशाला नामक संस्थाले घरटहरा भत्काउने कार्यमा रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गरेको पाईएको छ’ विज्ञप्तिमा भनिएको छ–‘जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच छलफल गराई आवश्यक कार्य गर्ने भनि उपमहानगरपालिकालाई पत्राचार गरेपछि नगर प्रमुख राजन पौडेलले उल्टै जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारलाई स्विकार नगरेको र भूमाफियाको समर्थन गरेको भन्दै धम्कीपूर्ण विज्ञप्ति जारी गरेका छन् ।’
  वीरगञ्ज जीतपुर गौशाला नामक संस्थाले २०२२ सालभन्दा अगाडीदेखि सञ्चालन गरेको गौशाला हटाउन सुनियोजित रुपमा स्वामित्वको विवाद झिकिएको र नेपाललाई धर्मका नाममा विभिजित गरी स्वार्थपूर्ति गर्न खोज्ने गिरोहको इसारामा जनप्रतिनिधिहरु फसेको विभिन्न घट्ना क्रमले पुष्टि गरेको पनि विज्ञप्तिमा जनाईएको छ।
  ‘गौशाला हटाएर स्वार्थ समुहको गुलामी गर्ने भन्दा पनि विकल्पहरु खोजेर हिन्दुहरुको आस्थासँग जोडिएको गौशालाको ब्यवस्थापनका लागि हामी जोडदार माग गर्दछौं’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘यस विपरित जवरजस्ती गौशाला हटाउने दुस्प्रयास भए त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार सम्वन्धित निकाय नै हुने जानकारी गराउँदछौं।’

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।