सर्लाही, १७ वैशाख । नेपालमा प्रतिबन्ध रहेको एवं लागु औषधको मान्यता रहेका औषधिहरु सहित मलंगवामा सर्लाही प्रहरीले एक जनालाई शनिवार राति पक्राउ गरेको छ ।
ना ५३ प ९७९८ नम्वर मोटरसाइकल चलाएर सीमापारी भारतीय बजारबाट आउदै गरेका लालबन्दी नगरपालिका ११ हिरापुरका २९ बर्षिय कृष्णकुमार महतोलाई लागु औषध सहित सर्लाही प्रहरीले मलंगवामा चेकजाँचको क्रममा गएराति ८ बजेको समयमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार मलंगवा नपा ९ स्थित राजदेवी मन्दिरको बाटोमा प्रहरीले थापेको चेकपोष्टमा महतोलाई पक्राउ गरिएको छ । उनको साथबाट कोडिबेल १५८ बोतल, स्पास्मो प्रोक्सीभन प्लस ०२१ एस ट्याब्लेट २४ पत्तामा ५७६ पिस बरामद भएको बताइएको छ ।
राजमार्गका युवाहरु लागु औषधको सेवन एवं दुव्र्यवसनीमा लिप्त रहेको तथा महतो जस्ता क्यारियरले भारतबाट प्रतिबन्धित औषधीहरु ल्याएर विक्रीवितरण गर्दै आएको सुचनाको आधारमा उनलाई पक्राउ गरेर आवश्यक कारवाही प्रक्रिया सुरु गरिएको सर्लाहीका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन