काठमाडौं, १८ वैशाख । नेपालमा क्रिकेट खेलप्रतिको जुनुन, क्रेज, हौसला, जाँगर र उत्साह कतिको छ भने पुनः एक पटक विश्व समुदायको ध्यान नेपाल तर्फ केन्द्रीत भएको छ ।
संघिय राजधानी काठमाडौंको त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा एसीसी प्रिमियर कप क्रिकेटको सोमवार फाइनल खेलमा नेपाली दर्शकहरुको क्रेज, उत्साह र धर्यताले सावित गरिदिएको छ कि नेपालमा क्रिकेट खेल प्रतिको आकर्षण विश्वको अन्य मुलुक भन्दा कम छैनन् त्यसैले होला आज विश्व समुदायको ध्यान टीयु खेल मैदानमा तान्न सफल भएको हो ।
नेपाल र यूएई बीचको फाइनल खेल हेर्न र आफना टिमलाई हौसला प्रदान गर्न हजारौं नेपाली दर्शकहरु अकाशे पानीको पर्वाह नगरी क्रिकेट ग्राउण्डमा उपस्थित भए, झम झम झरीमा पनि छातामा ओत लागेर बसेका दर्शकहरु नेपाली टिमलाई जिताएर जाने सुरमा अझसम्म बसेका छन् ।
टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच जारी एसीसी प्रिमियर कपको फाइनल खेल दुई पटक बर्षाको कारण अवरुद्ध भयो ।
वर्षाका कारण दुई÷दुई पटक खेल अवरुद्ध हुँदा पनि खेल हेर्न पुगेका दर्शकहरू भने धैर्यपूर्वक मैदानमै बसिरहे । टस जितेर नेपाल यूएईलाई पहिलो ब्याटिंगको लागि आमन्त्रित गरे ।
यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पहिलो पटक रोकिएको खेल दोस्रो पटक २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा रोकिएको छ । तर, दर्शकहरू छाता ओढेर खेल हुने पर्खिरहेका छन् ।
वर्षा भइरहेकोले तत्कालै खेल हुने सम्भावना न्यून भए पनि दर्शकले मैदान छाडेका छैनन् । मैदान बाहिर पनि दर्शक छाता ओढेर खेल सुरु हुने प्रतीक्षामा छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन