काठमाडौं, १८ वैशाख । बर्षाको कारण अवरुद्ध भएको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल मंगलवार हुने भएको छ ।
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेलको लागि एक दिन रिजर्भ राखिएको हुँदा भोली यथास्थितिबाट नै खेल सुरु हुने जनाइएको हो ।
मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । आजको खेल बर्षाको कारण विथोलिदा रिजर्भ दिनमा उक्त बाँकी खेल हुने भएका छन् ।
नेपालले टस जितेर ब्याटिङको आमन्त्रण गरेका यूएईले २७.३ ओभरमा ९ विकेट गुमाई १ सय ६ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो । बिहान ११ बजेर ५० मिनेट जाँदा दोस्रो पटक खेल रोकिन पुगे ।
सोमवार दिउँसो ३ बजेर ३० बजे सम्ममा पनि वर्षा नरोएिकपछि बाँकी खेल मंगलबार हुने म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले घोषणा गरे । यूएईले यही स्थितिबाट वैकल्पिक दिन राखिएको मंगलबारको खेल सुरु गर्नेछ । हजारौं दर्शकहरुबाट खचाखच भरिएको त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले सुरुवात देखि नै यूएईलाई दबाबमा राखेको थियो र निरन्तर विकेट लिदै मध्यम लक्ष्य पाउन सफल भयो ।
चौथो ओभरको पहिलो बलमै सोमपाल कामीले मोहम्मद वासिमलाई ११ रनमा आउट गरेपछि नेपालले विकेट लिने क्रम सुरु गरेको थियो । त्यसको अर्को ओभरमा करण केसीले वृत्या अर्विन्दलाई ८ रनमा आउट गरि नेपाललाई ठुलो सफलता दिलाएका थिए ।
करणले नै आर्यन लर्कालाई १३ रनमा पहिलो स्लिपमा क्याच गराए । रमिज सेहजादलाई ललित राजवंशीले १ र पूर्व कप्तान रोहन मुस्ताफालाई सन्दीप लामिछानेले २ रनमा आउट गरेपछि यूएई १४ औं ओभरमा ५१–५ को स्थितिमा पुगेको थियो ।
आसिफ खान र बसिल अहमदले छैटौं विकेटमा ३९ रनको साझेदारी गरे । यो बीचमा वर्षाले खेल आधा घन्टा अवरुद्ध पारेको थियो । गुलशन झाको बलमा इनसाइड एज लागेर बोल्ड भएका बसिलले २७ बल खेली १ चौकासहित १० रन बनाए ।
आयन खानले ५ रनमा सन्दीप लामिछानेले आउट गरे । ललितले आसिफ र जाहुर खानलाई लगातार बलमा आउट गरे । त्यसपछि खेल पुनः वर्षाले अवरुद्ध हुन पुग्यो । नेपाल विरुद्ध विश्वकप लिग–२ को पछिल्लो खेलमा शतक बनाएका आसिफले ५४ बलमा ४६ रन बनाए । उनले ७ चौका र १ छक्का प्रहार गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन