बाढी र डुवानमा परेका नागरिकलाई उद्धार गर्न सुरक्षाकर्मीद्धारा बरहवा तालमा संयुक्त अभ्यास गर्दै

तराई टप संवाददाता
रौतहट, २७ जेठ । आउन लागेको मनसुन बर्षाबाट रौतहट जिल्लामा आउने बाढीबाट जोखिममा परेका नागरिकहरुलाई कसरी उद्धार गर्न सकिन्छ भने उद्देश्यले सुरक्षाका तिनै निकायको सुरक्षाकर्मीहरुद्धारा संयुक्त रुपमा बरहवा तालमा अभ्यास गरेका छन् ।
बाढी र कटानको दृष्टिकोर्णबाट प्रदेश नम्वर २ को आठै जिल्ला मध्ये उच्च जोखिममा रहेको रौतहट जिल्लामा रहेको वागमती र लाल बकैया सहितको नदीको धारमा फसेका नागरिकहरुलाई सुरक्षित रुपमा उद्धार गर्नका निमित्त जिल्ला विपद व्यवस्थापन समितिको आयोजनामा विहिवार विहान बरहवा तालमा संयुक्त रुपमा बचाउने अभ्यास गरिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले वागमती र लाक बकैया बाहेकको खोलाहरुमा मनसुनी बर्षाबाट आउने बाढी, कटान र डुवानको समस्याको साथै नेपाल भारत सिमामा भारतीय सरकारद्धारा बनाइएको बाँधको कारणबाट प्राकृतिक पानीको निकास नहुँदा नेपाली भु भाग डुवानमा परी त्यस क्षेत्रका बासिन्दाहरुलाई ठूलो नोकसानी वेहोर्नु परेको बताए ।
एकिकृत रुपमा उपलब्ध रहेका रेकस्युको सामग्रीहरुलाई सुचारु अवस्थामा रहेको जाँच गर्ने, जनशक्तिलाई परिचालन गर्न तयारी रुपमा राख्ने, शासकीय साझेदारहरुको एकिकृत प्रयासबाट आउदो मनसुनी बर्षाबाट आउने बाढीबाट हुने जनधनको क्षतिलाई नहोस भनेर तिन देखि बरहवा तालमा गत तिन दिन देखि संयुक्त रुपमा सुरक्षा अभ्यास गरिएको स्पष्ट पारे ।
प्राकृतिक अवस्थाको कारण बाढी आउँछ त्यस समयमा सुरक्षाको तिनै निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट जनधनको क्षति हुन नदिन जिल्ला विपद व्यवस्थापन समिति पूर्ण तत्पर्ताको साथ लागि परेको हुँदा सरकारी एवं गैर सरकारी निकायको समयोग भएमा जिल्लालाई पूर्ण सुरक्षित बनाउने प्रजिअ यादवले बताए ।
जोखिममा परेकोलाई कसरी उद्धार गर्नुपर्छ सोको नमूना वरहवा तालमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रश, चिकित्साकर्मी, स्थानीय तहको प्रमुखहरु सहितको उपस्थितिमा उक्त संयुक्त अभ्यास गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको हो ।