59
Shares
दाङ, २१ वैशाख । दाङमा करेन्ट लागेर एक जापानी भाषा शिक्षकको मृत्यु भएको र दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पुथा उत्तरगंगा गाउँपालिका वडा नं.१२ घर भई तुलसीपुरमा बस्दै आएका २८ वर्षीय महेश बिक रहेका हुन् ।
बुधबार बेलुका ६ बजे तुलसीपुर उपमहागरपालिका वडा नं. ६ स्थित विद्युत कार्यालय नजिकै आफ्नो अफिसको विज्ञापन बोर्ड फेर्ने क्रममा बिकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।
उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको गौतमले बताए । मृतक बिक तुलसीपुरमा जापानिज भाषा पढाउँदै आएका थिए ।
करेन्ट लागेर घाइते भएका पुथा उत्तरगंगा गाउँपालिकाका वडा नं. १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालका वडा नं. ४ काँडाकी १८ वर्षीया मोनिका बिक रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन