zoom pc nec zoom app speaker settings zoom academy for superheroes download ut zoom download zoom download login alone in the dark download vn zoom link download zoom download zoom in windows 10

शुन्य बजेटबाट बाँध र स्परको निर्माण कार्य युद्ध स्तर भईरहेको स्थानमा प्रजिअ यादव सहितको टोलीद्धारा अनुगमन निरीक्षण

   २७ जेष्ठ २०७८, बिहीबार १६:२८  

तराई टप संवाददाता
रौतहट, २७ जेठ । मनसुनी बर्षा सुरु हुन केही दिन मात्रै बाँकी रहेको भएपनि सम्भावित बाढी, कटान र डुवानको जोखिम रहेका वागमती र लाल बकैया नदीको विभिन्न स्थानहरुको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा सरोकारवाला निकाय सहितको टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको छ ।


बजेट अभाव भएपनि शुन्य बजेटमा वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजना परिवानीपुरले गत बर्षको बाढीबाट क्षतिग्रस्त भएका स्पर र बाँधको युद्ध स्तरमा निर्माण तथा मर्मत कार्य भईरहेको स्थानहरुमा अनुगमन टोलीद्धारा निरीक्षण गरिएको हो ।
वागमती नदीको पश्चिमी र पुर्वी १२ तथा लाल बकैया नदीको पुर्वी र पश्चिमी १६ गरी २६ स्थानमा बाढी, कटान र डुवानको उच्च जोखिममा रहेको हुँदा उक्त स्थानहरुमा शुन्य बजेटबाट निरन्तर रुपमा निर्माण तथा मर्मत कार्य भईरहेको उक्त आयोजनाले जनाएको हो ।


आयोजनाको अनुसार नेपाल भारत सिमा क्षेत्रको जिरो देखि साढे १७ किलोमिटर उत्तर सम्मको वागमतीको बाँध उच्च जोखिममा रहेको छ । व्रम्हपुरी, बसतपुर, मत्सरी, गंगापिपरा र रजवडाको अत्यन्तै जोखिमपूर्ण रहेको बताउदै वागमती तथा लाल बकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले आफू यस आयोजनामा आए देखि मर्मत तथा निर्माण कार्यमा रकम नै नरहेको बताए । वागमतीको १२ र बकैयाको १६ गरी २८ स्थानमा बाँध एवं स्परको मर्मत एवं निमार्णको ले आउट गर्दा ४१ करोड ४९ लाख रुपैया लाग्ने भएको हुँदा विभाग सहित मन्त्रालयमा पत्राचार गरिएको स्पष्ट पारे ।


चैत महिनामा अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाइएपनि अहिले सम्म बजेट निकासा नभएको हुँदा शुन्य बजेटमा रौतहट जिल्लाको नागरिकहरुलाई बचाउने कार्य उधारोमा गरिरहेको गुनासो प्रमुख सिद्धिकीले गरे ।
प्राविधि र सुरक्षानिकायको टोलीलाई लिएर स्थलगत अनुगमन निरीक्षण गरेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले साविकको बर्ष भन्दो दोब्बर बर्षा हुने सम्भावना रहेको र जेठ मसान्तबाट मनसुन सक्रिय हुने मौसम विभागको चेतावनीलाई मध्य नजर राख्दै रौतहटको पुर्वमा रहेको वागमती र पश्चिममा रहेको लाल बकैया सहित विभिन्न नदीहरुमा आउने बाढीबाट हुने सम्भावित जोखिमलाई नियन्त्रण गर्ने अभिप्रयबाट बाँधहरुको मर्मत जसरी भएपनि गर्नुपर्ने भन्दै नदी नियन्त्रण आयोजनालाई घचघचाएर युद्धस्तरमा मर्मत तथा निर्माणको कार्य गराइरहेको बताए ।
वागमती लालबकैया नदीमा निर्माण एवं मर्मत भईरहेको स्थानहरुमा आयोजनाको प्राविधिकहरु, नेपाल प्रहरीको एसपी सिद्धिविक्रम शाह, सशस्त्र प्रहरीको एसपी सुर्यसेन बहादुर ओली, वृदल गणका गणपति कर्णेल राजन दहाल, विपद व्यवस्थापन समितिका कर्णेल संगै संचारकर्मीहरुको टोलीले स्थलगत रुपमा अनुगमन निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै