zoom app on amazon fire stick india zoom meeting download for microsoft surface zoom installation error 10083 - zoom installation error 10083 join zoom meeting online with password zoom download 5.6.5 download zoom in windows zoom download 2021 why isn't my zoom audio working on my laptop

कोभी सिल्ड लगाउन छुटेका संचारकर्मीलाई भेरोसिल, खोप केन्द्र व्यवस्थित भएन

   २७ जेष्ठ २०७८, बिहीबार १७:०२  

तराई टप संवाददाता
रौतहट, २७ जेठ । नेपाल सरकारलाई अनुदानमा चाइनाले पठाएको कारोना विरुद्धको खोप भेरोसिल रौतहटको विभिन्न खोप केन्द्रमा विहिवार देखि खोप लगाउने कार्य सुरु गरिएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको बिशेष अनुरोधमा स्वास्थ्य शाखा गौर रौतहटमा भेरोसिल खोपको ब्यबस्था मिलाइएकाले रौतहट जिल्ला भरी रहेका क्रियासिल पत्रकार तथा सञ्चारकर्मीहरुलाई विहिबार र शुक्रवार खोप लगाउन खोप केन्दमा प्रेस पास सहित सहभागी हुन महासंघले अपिल गरेको छ ।
कोरोना महामारीका बिच पत्रकारहरु अग्रपंक्तिमा रहेर समाचार संकलनमा जानु पर्ने भएकाले कोरोनाबाट हुन सक्ने जोखिमबाट जोगाउनका लागी पत्रकारहरुलाई खोपको आवश्यकता परेको नेपाल पत्रकार महासघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताए ।
रौतहटमा पत्रकारिता क्षेत्रमा काम गर्दै आउनु भएका केही पत्रकारहरुले विविध कारणले विगतका दिनमा खोप लगाउनबाट बञ्चित भएकोहरुका निमित्त आज र भोली दुई दिनको समय निर्धारण गरिएका छन ।
यसभन्दा अगाडी खोप नलगाएका पत्रकारहरुलाई खोप लगाउने प्रबन्ध आफुले मिलाइएकाले खोप लगाउन सम्पुर्ण पत्रकार तथा सञ्चारकर्मीहरुलाई अपिल गरेको अध्यक्ष झाले स्पष्ट पारे ।

खोप लगाउत खोप केन्द्र गौरमा लथालिंग हेर्दा कोरोना फैलिने खतरा

नेपाल सरकारलाई चाईना सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसिल नामक कोरोनाको खोप लगाउन विहिवार गौरमा तछाडमछाड भईरहदा कोरोनाको संक्रमणको जोखिम बढेको गुनासो गरिएको छ ।
रौतहट जिल्लाको चन्द्रपुर अस्पताल, कटहरिया प्राथमिक स्वास्थ्य केन्द्र, पतौरा प्राथमिक स्वास्थ्य केन्द्र, गंगापिपरा प्राथमिक स्वास्थ्य केन्द्र, राजपुर प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य कार्यालय गौर गरी ६ स्थानमा ६२ देखि ६४ बर्ष उमेरका नागरिकहरुलाई भेरोसिल नामक कारोना विरुद्धको खोप लगाउन खोप केन्द्र निर्धारण गरिएको हो ।
स्वास्थ्य कार्यालय गौरमा रहेको खोप केन्द्रमा सर्वसाधारणको भिडलाई व्यवस्थित नगरिदा कोरोना संक्रमणको जोखिम बढेको बताइएको छ । अत्याधिक भिडलाई व्यवस्थित बनाउन कुनै उपाय नगरिदा सवैजना पहिला लगाउने दाउमा रहेको हुँदा भिड बढेको निमित्त कार्यालय प्रमुख दिपक कुमार रायले बताए । आज बढेको भिडलाई स्थानीय प्रहरी प्रशासनको सहयोग लिई भोली देखि व्यवस्थित बनाउने दाबी उनले गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै