97
Shares
वीरगञ्ज, २१ बैशाख । विश्व प्रेस दिवसको अवसरमा मधेश प्रदेशका ८ जना वरिष्ठ सञ्चारकर्मी सम्मानित भएका छन् ।
प्रदेशको प्रत्येक जिल्लाबाट एकजना वरिष्ठ पत्रकारलाई नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिले सम्मानित गरेको हो ।
सम्मानित हुनेमा पर्सा जिल्लामा वरिष्ठ पत्रकार लालबाबु शेख रहेका छन् । प्रेस काउन्सिल नेपालका सदस्यसमेत रहेका शेखलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले फूलमाला लगाइ दोशाल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।
सम्मानित हुनेमा बारा जिल्लाबाट गम्भिरा सहनी, सर्लाहीबात शङ्कर श्रेष्ठ, महोत्तरीबात दशरथ भण्डारी, धनुषाबात वी.एम. खनाल, सिराहबात व्यास शङ्कर उपाध्याय र रौतहटबात शिव पूरी रहेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन