रौतहट, २२ बैशाख । रौतहटको माधवनारायण नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा देवनाथ यादव आएका भएका छन् ।
यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत मनिष झा केहीदिन पहिले सरुवा भइ अन्यत्र गएपछि माधवनारायण नगरपालिकाको कार्यालय प्रमुखमा जिल्ला हुलाक कार्यालय गौरमा कार्यरत शाखा अधिकृत यादव आएका भएका हुन् ।
नगर प्रमुख बैजनाथ प्रसाद यादव तथा उपप्रमुख निर्मला देवी रमनसहित वडाध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बिहीबार यादव आउनु भएको छ ।
विगत ६ वर्षदेखि विभिन्न जिल्लामा शाखा अधिकृतको रुपमा काम गर्दै आएका देवनाथ यादव बिहीबारदेखि माधवनारायण नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
रौतहट परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै हाल जिल्ला हुलाक कार्यालय गौरमा शाखा अधिकृतको रुपमा कार्यरत रहेका थिए । नगरपालिकामा हाजिर भएका प्रशासकीय अधिकृत यादवलाई नगर प्रमुख बैजनाथ यादव, उपप्रमुख निर्मला देवीसहित वडा अध्यक्ष र कर्मचारीहरु भव्य स्वागत गरेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन