७ जनामा कोरोना संक्रमण, ४९३ जनाले कारोनाको जंग जिते

तराई टप संवाददाता
रौतहट, २७ जेठ । रौतहट जिल्लामा पछिल्लो २४ घण्टामा ७ जनामा कोराना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा रौतहटका ४८ जनाको पिसिआर परिक्षण गराउदा रौतहटका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । विहिबार सम्ममा रौतहटका १२५९ जनामा कोरोना संक्रमित पुष्टि भइसकेका छन । जसमध्ये रौतहटका ४९३ जनाले कोरोना जितिसकेका छन भने ७१५ जना संक्रिय संक्रमित रहेका छन ।
सक्रिय संक्रमितहरु मध्ये ७०७ जना होमआइसोलेसनमा नै रहेको, ७ जना साधारण उपचारमा रहेको र १ जना अन्य जिल्लामा उपचाररत रहेको जिल्ला प्रशासन कार्यलय रौतहटले जनाएको छ ।
कोरोनाबाट रौतहटमा अहिले सम्म ११२ जनाले ज्यान गुमाई सकेका छन् ।