66
Shares
झापा, २२ वैशाख । ७६ ग्राम ३.४० मिलिग्राम ब्राउन सुगर लागूऔषध सहित २ जना महिलालाई मेचीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नं. १ घर भई हाल झापाको मेचीनगरमा बस्दै आएकी २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेकी छिन् ।
झापा भद्रपुर नगरपालिका वडा नं. ८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेको अवस्थामा उनीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर, नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन