zoom full msi installer zoom app online open zoom app download for zoom installer offline zoom meeting login online downloas zoom browser

वागमती नदीको कटानबाट ३३ बर्ष अघि विस्थापित भएका अति विपन्न र न्यून आय भएका ३२ घरपरिवारलाई दुर्गा भगवती गापाद्धारा जग्गा वितरण

   २८ जेष्ठ २०७८, शुक्रबार १४:५१  

तराई टप संवाददाता
रौतहट, २८ जेठ । वागमती नदीको कटानबाट ३३ बर्ष अघि विस्थापित भएको अति विपन्न तथा न्यून आय भएका ३२ परिवारलाई दुर्गा भगवती गाउँपालिकाले जग्गा खरिद गरी बसोबास गराएको छ ।
साविक बडहर्वा गाविस तथा हाल दुर्गा भगवती गाउँपालिकाको वडा नम्वर ५ वडहर्वा गाउँ वागमती नदीमा आएको बाढी पछि कटानमा परेर २०४५ सालमा उठिवास भई विस्थापित भएका मध्ये ३२ जना वाँधमै बसेर गुजारा गर्दै आएकाहरुलाई पालिकाबाट जग्गा खरिद गरेर बसोबास गराइएको हो ।
नदी कटानको चपेटामा परेरे गण्डक नहरको डिल र वागमती नदीको बाँधमा फुसको छाप्रो बनाएर ३३ बर्ष देखि जिवन निर्वाह गर्दै आएका ति परिवारहरुलाई उचित बाँस बस्ने व्यवस्थापन गराउने उद्देश्यबाट गत बर्ष नै जग्गा खरिद गरिएका थिए । तर उनीहरु मध्ये आवश्यक रहेको ३३ घर परिवारलाई पुग्ने गरी निशुल्क जग्गा उपलब्ध गराएपछि अहिले धमाधम घर बनाउन सक्रिय रहेका छन् ।
स्थानीय सरकारले जग्गा दिए पछि लामो समय देखि दुख कष्ट झेल्दै आएको परिवार अहिले निकै हर्षित भएको स्थानीय कौशिल्या देवीले भनिन् । अब घर बनाउन सुरु गरेको देखाउँदै गाउँगाउँमा सिंह दरबार आएको बल्ल महसुस उनले गरिन ।
अति विपन्न तथा न्युन आय भएका ति परिवारलाई विहान वेलुकी छाक टार्न निकै गाह्रो भइरहेको अवस्थामा जग्गा खरिद गरेर घर निमार्ण गर्ने सपना जस्तो लागेको थियो कोशिल्याले भनिन । स्थानीय सरकारले हामीहरुको सपना पुरा गरेर अहिले सुरु हुने मनसुनमा टाउको छोप्न घर निमार्णमा जुटेको स्पष्ट पारिन ।
दुई बिग्हा जग्गा खरिद गरी व्यवस्थित बसोबासका लागि १३ फिटको बाटो सहित प्रति व्यक्ति सात धुरको दरले ३२ परिवारलाई जग्गा वितरण गरिएको पालिका अध्यक्ष अरुणकुमार साहले बताए ।
नदी कटानमा परेर ३३ बर्ष सेद विस्थापित जिवन विताउन बाध्य रहेको अति विपन्न एवं न्यून आय भएका ति परिवारहरुलाई जग्गा वितरण गरेर बाँकी रहेको करिब १ विग्हा जग्गामा माध्यमिक स्तरको विद्यालयको भवन निमार्ण कार्य समेत दु्रत गतिमा भईरहेको उनले भने । जग्गा पाएपनि कतिपयले घर निमार्ण गर्न नसक्ने अवस्थामा रहेकोले आउँदो आर्थिक वर्षमा घर निमार्ण रकम प्रदान गरी घर बनाइदिने योजना रहेको गाउँपालिका अध्यक्ष साहले प्रतिबद्धता जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै