सर्लाही, २२ वैशाख । जिल्ला प्रहरी कार्यालय मलंगवाद्धारा सर्लाही जिल्लाभरी “न्यायमा पहुच“ कार्यक्रमको सुरुआत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाको अनुसार विचौलियाहरुको हालीमुहाली भएकोलार्ई अन्त्य गरी बास्तविक पिडितलाई न्याय दिलाउने उद्देश्यबाट आज देखि जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा “न्यायमा पहुच“ कार्यक्रमको औपचारिक रुपमा सुरुआत गरिएको हो ।
सर्लाही प्रहरीका एसपी नरेशराज सुवेदीले महिला, विपन्न र असहाय वर्ग र सीमान्तकृत समुदायलाई विचौलियाहरु अनाधिकृत रुपमा ठगेर उठिबास बनाउने गरेका कार्यलाई समाप्त पार्न तथा विचौलिया राजको अन्त्य गर्ने पुनित उद्देश्यका साथ नयाँ अभियानको थालनी गरिएको उनले भने । ति समुदायका बासिन्दाहरुलाई न्यायमा सहज पहुच अभिवृद्धि हेत यस्ता कार्यक्रमबाट धेरै प्रभाव पार्न सकिने भएको हुँदा त्यस कार्यको लागि समाजमा जनचेतना जगाउने कार्य नेपाल प्रहरी आफनो कत्र्तव्य निर्वाह गरेर समाजलाई जागरुक बनाउने कार्यमा लागेको उनले स्पष्ट पारे ।
लक्ष्ति समुदायका बासिन्दाहरुलाई शशक्तीकरण गर्नुको साथै सेवा ग्राही मैत्री व्यवहार गर्ने, कानुन र कार्यबिधीको बारेमा सहजीकरण गर्ने काम प्रहरीले स्थानीय स्तरमा सन्चालन गर्ने बताउदै न्याय प्राप्तीको लागि खोजी गर्ने पीडितहरुलाई उपयुुक्त वातावरण को सुनिश्चितता गर्दै छिटोछरितो र निस्पक्ष तरीकाले न्याय प्रदान गर्न नेपाल प्रहरी सधै प्रतिबद्द रहेको उनले जानकारी दिए ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन