धनुषाको मुखियापटी मुसहनियामा पोखरीमा डुवेर पाँच बालिकाको मृत्यु

   २८ जेष्ठ २०७८, शुक्रबार १५:४२  

तराई टप संवाददाता
धनुषा, २८ जेठ । धनुषाको मुखियापटी मुसहरनिया गाउपालिका ६ स्थित पोखरीमा डुवेर पाँच बालिकाको मृत्यु भएको छ ।
मुखियापटी मुसहरनिया ६ मा रहको पोखरीमा शुक्रवार दिउसो १२ बजेको समयमा नुहाउन गएको वेला उनीहरुको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो ।
स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीय छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीय छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीय छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीय ललिता साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । पोखरीमा डुवेर पाँच बालिकाको मृत्यु भएको सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै